काठमाडौंं (खेलदैनिक) । साफ यु–१५ महिला च्याम्पियनसिपतर्फ तेस्रो स्थानका लागि आज थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपालले घरेलु टोली भूटानको सामना गर्दैछ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग १–२ को हार बेहोरेको थियो भने सोही दिन सम्पन्न दोस्रो सेमिफाइनलमा भुटानले साविक विजेता बंगलादेशसँग ५–० को हार बेहोरेको थियो ।
MATCH DAY..MATCH DAY !! https://t.co/RCeoBlCLRL
— GoalNepal.com (@Goal_Nepal) August 18, 2018
आज नेपाल र भुटानबीचको खेल प्रतिष्ठाको भिडन्त पनि हुनेछ । गत बर्ष बंगलादेशमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा भुटानले नेपालले पछि पार्दै तेस्रो स्थान हासिल गरेको थियो भने नेपाल पुछारमा रहँदै प्रतियोगिताको समापन गरेको थियो ।
प्रतियोगिता अन्तरगत आज नै बंगलादेश र भारत फाइनलमा उपाधिका लागि पनि भिड्दै छन् । गत संस्करण पनि यी दुई टोली नै फाइनलमा आमने सामने भएका थिए । जसमा बंगलादेशले नतिजा १–० ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।