जावलाखेल र नुवाकोट उपाधीका लागि भिड्ने

काठमाडौं (खेलदैनिक) । जावलाखेल भेट्रान्स क्लब र नुवाकोट भेट्रान्स क्लब खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितामा शुक्रबार उपाधी नजिक पुगेका छन् । 

चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा जावलाखेलले बनेपा भेट्रान्स क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी नजिक पुगेको हो । राजकुमार के.सी. र बिजय गुरुङ्गले एक एक गोल गर्दै जावलाखेललाई जित दिलाए । राजकुमार के.सी. म्यान अफ दि म्याच घोषित भए ।

यस्तै नुवाकोट भेट्रान्सले टुँडिखेल भेट्रान्सलाई ३–०ले पाखा लगाउँदै फाईनल यात्रा तय गर्यो । नुवाकोटका लागि जगत लामा, अर्जून गुरुङ्ग र आकाश गुरुङ्गले एक एक गोलको योगदान गरे । नुवाकोटका निराजन रायमाझी म्यान अफ दि म्याच भए ।

प्रतियोगिताको फाईनल शनिबार ३ बजे चावहिल गणेशस्थानमा हुने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...