टुँडिखेल र जावलाखेल सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । टुँडीखेल भेट्रान्स र जावलाखेल भेट्रान्स खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितामा बिहिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । 

चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा टुँडीखेलले राईएससी भेट्रान्स माथी ८–२ गोल अन्तरले बिजय निकाल्दै सेमिफाईनलमा स्थान पक्का गर्यो । टुँडीखेलका लागि म्यान अफ दि म्याच कैलाश डङ्गोलले ४, कृष्ण मालाकारले ३ र उज्वल श्रेष्ठले १ गोल गरे । राईका लागि किशोर गुरुङ्गले २ गोल गरे ।

यस्तै अर्को क्वाटरफाईनल खेलमा आरसीवाईसीलाई ३–० गोल अन्तरले पाखा लगाउँदै जावलाखेल भेट्रान्स क्लबले सेमिफाईनल यात्रा पक्का गर्यो । जावलाखेलका लागि मेघराज के.सी.ले २ र बिजय गुरुङ्गले १ गोल गरे । म्यान अफ दि म्याच जावलाखेलका मेघराज चुनिए ।

अब प्रतियोगिताको सेमिफाईनलमा जावलाखेलले बनेपाको तथा टुँडीखेलले नुवाकोटको सामना गर्ने आयोजकले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...