एसियाडमा नेपालको लगातार दोस्रो हार

भियतनामी खेलाडी विरुद्ध बल अगाडी बढाउँदै नेपालका रोहित चन्द (रातो) ।

काठमाडौं (खेलदैनिक) । लगातार दोस्रो खेलमा हार बेहोरेको नेपाली यु–२३ फुटबल टोलीको जारी एसियन गेम्स (एसियाड) मा नकआउट चरण पुग्ने सम्भावना समाप्त भएको छ । बिहीबार समूह डी तर्फको दोस्रो खेलमा नेपाल एएफसी यु–२३ च्याम्पियनसिपको उपविजेता भियतनामसँग २–० ले पराजित हुन पुग्यो ।

आफ्नो पहिलो खेलमा जापानसँग १–० को हार बेहोरेको नेपालले नकआउट चरणको सम्भावना कायम राख्न आज जित्नै पर्ने दबाब थियो । तर नेपालको प्रदर्शन पहिलो खेलमा भन्दा पनि निकै फितलो देखियो । नेपालविरुद्ध भियतनामका खेलाडीहरु अधिकांश समय हावी रहे ।

उता समूह डी तर्फ कै पहिलो खेलमा जापानले पाकिस्तानलाई ४–० ले हराएपछि समूह डी मा नेपालसँगै पाकिस्तानको यात्रा पनि समाप्त भएको छ । समूह चरणको अन्तिम खेलमा अब नेपालले आइतबार पाकिस्तानको सामना गर्नेछ भने सोही दिन नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका जापान र भियतनाम समूह विजेताको टुंगो लगाउन आमने सामने हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...