फिफा विश्व वरियतामा नेपाल यथावत

काठमाडौं (खेलदैनिक) । विश्व फुटबलको नियमनकारी संस्था फिफाले अगस्त महिनाका लागि जारी गरेको नयाँ वरियतामा नेपाल १६१ औं स्थानमा यथावत रहेको छ । दक्षिण एसियातर्फ भने नेपाल चौथो स्थानमा छ ।

दक्षिण एसियाली देशहरुमा शिर्ष स्थानमा रहेको भारतले एक स्थान सुधार गर्दै ९६ औं स्थानमा उक्लिएको छ । त्यस्तै दक्षिण एसियाली राष्ट्रहरुमा दोस्रो स्थानमा रहेको अफगानिस्तान पनि पुरानै वरियतामा रहँदै १४५ औं स्थानमा यथावत छ । त्यसैगरी दक्षिण एसियातर्फ तेस्रो स्थानमा रहेको माल्दिभ्स पनि १५० औं स्थानमा यथावत नै छ ।


उता १८३ औं वरियतामा यथावत रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १९४ औं स्थानमा रहेको बंगलादेश छैठौं स्थानमा छ । त्यस्तै २०० औं वरियतामा रहेको श्रीलंका दक्षिण एसियातर्फ सातौं स्थानमा छ भने २०१ औं वरियतामा रहेको पाकिस्तान दक्षिण एसियातर्फ आठौं स्थानमा रहँदै पुछारमा छ ।

विश्व वरियतामा फ्रान्स अगाडी

त्यसैगरी हालै रुसमा सम्पन्न फिफा विश्वकपको उपाधि जितेको फ्रान्स विश्व वरियताको शिर्ष स्थानमा छ भने बेल्जियम दोस्रो तथा ब्राजील तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...