नेपालको यात्रामा भारत बाधक

काठमाडौं (खेलदैनिक) । भुटानमा जारी साफ यु–१५ महिला च्याम्पियनसिपतर्फ पहिलो सेमिफाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग हार बेहोरेको छ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल २–१ ले पराजित हुन पुग्यो ।

खेलमा शुरुवाती अग्रता भारतले नै लिन पुगेको थियो । खेलको ३१ औं मिनटमा भारतका लागि लिन्डा कोमले पहिलो गोल गरेकी थिईन् । यद्यपि लगतै खेलको ३७ औं मिनटमा नेपालका लागि रजनी थोकरले बराबरी गोल फर्काएकी थिईन् ।

पहिलो हाफ १–१ को बराबरीमा सकिए तापनि दोस्रो हाफको ५८ औं मिनटमा कृतिना देवीले भारतका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको फाइनल यात्रा सुरक्षित गरीन् ।

अब नेपालले बिहीबार नै हुने दोस्रो सेमिफाइनलतर्फ साविक विजेता बंगलादेश र भुटानबीचको पराजित टोलीसँग तेस्रो स्थानका लागि प्ले अफ खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...