
(तस्विर : पर्सिजा जकार्ता)
काठमाडौं (खेलदैनिक) । इण्डोनेसियामा जारी एसियन गेम्स (एसियाड) को पुरुष फुटबलतर्फ समूह डी मा रहेको नेपालले आज आफ्नो दोस्रो खेल भियतनामसँग खेल्दैछ । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ३–० ले हराएको भियतनाम राम्रो गोल भिन्नताका आधारमा शिर्ष स्थानमा छ ।
उता नेपाल भने आफ्नो पहिलो खेलमा एसियन पावर हाउस जापानसँग १–० ले पराजित भएको थियो । इण्डोनेसियाको सिकरङस्थित मुक्ति स्टेडियममा नेपाली समयअनुसार नेपाल र भियतनामबीचको खेल ५:४५ बजे शुरु हुँदैछ ।
MATCH DAY..MATCH DAY !
Nepal U23 Vs Vietnam U23 👊👊👊👊 https://t.co/qNIK1mJVVH
— GoalNepal.com (@Goal_Nepal) August 16, 2018
भियतनाम एएफसी यु–२३ च्याम्पियनसिपको उपविजेता समेत हो । नेपालले नकआउट चरणमा आफ्नो प्रवेशको सम्भावना कायम राख्न निश्चित जित हात पार्नु पर्नेछ । कति होला त आजको नतिजा ?