एसियाडमा जापानसँग नेपाल झिनो अन्तरले पराजित

काठमाडौं (खेलदैनिक) । इण्डोनेसियामा जारी एसियन गेम्स (एसियाड) को पुरुष फुटबलतर्फ नेपाली यु–२३ टोलीले आफ्नो पहिलो खेलमा जापानको यु–२१ टोलीसँग झिनो अन्तरको हार बेहोरेको छ ।

विबावा मुक्ति स्टेडियममा सम्पन्न समूह डी तर्फको दोस्रो खेलमा नेपालले जापानसँग १–० को हार बेहोरेको हो । खेल शुरु भएको सातौं मिनटमा जापानका लागि काओरु मितुमाले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्न पुग्यो । प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल बिहीबार भियतनामसँग खेल्नेछ ।


त्यसैगरी नेपालसँगै समूह डी मै रहेको पाकिस्तानले एएफसी यु–२३ को उपविजेता भियतनामसँग समान ३–० को हार बेहोरेको छ ।


प्रतियोगिताको समूह बी मा रहेको अर्को दक्षिण एसियाली देश बंगलादेशले आफ्नो पहिलो खेलमा एएफसी यु–२३ च्याम्पियन उज्बेकिस्तानसँग ३–० ले पराजित भएको छ ।


मंगलबार नै सम्पन्न अन्य खेलमा समूह सी तर्फ चीनले ईष्ट टिमोरलाई ६–० ले हराउँदै प्रतियोगितामा शानदार शुरुवात गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...