काठमाडौं (खेलदैनिक) । इण्डोनेसियामा जारी एसियन गेम्स (एसियाड) को पुरुष फुटबलतर्फ आज समूह डी तर्फ नेपाली यु–२३ फुटबल टोलीलृे बलियो जापानको सामना गर्दैछ । खेल इण्डोनेसियाको सिकरङस्थित विबवा मुक्ति स्टेडियममा नेपाली समयअनुसार ६:३० बजे शुरु हुनेछ ।
प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा सोझै प्रवेश गर्नेछन् भने उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीको पनि नकआउट चरण प्रवेशको सम्भावना कायम रहनेछ । सोही समूहमा रहेको भियतनाम र पाकिस्तानले पनि मंगलबार नै एक आपसमा भिड्दै छने ।
कति होला आजको नतिजा ? के नेपालले जित हात पार्ला त ?