सहारा क्लवलाई एन्फा उपाध्यक्ष थापाको सहयोग

पोखरा (खेलदैनिक) । सहारा क्लब पोखराले संचालन गरिरहेको सहारा एकेडेमीको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष कृष्ण थापाले सहयोग गरेका छन । उपाध्यक्ष थापाले केन्द्रिय एन्फा मार्फत आफूलाई प्राप्त भएका बल सहारा एकेडेमीलाई समेत प्रदान गरेका हुन ।

सहारा क्लबका अध्यक्ष केशब थापा तथा पदाधिकारीलाई बल प्रदान गर्दै उपाध्यक्ष थापाले एन्फाको मुल उद्देश्य नै ग्रास रुट फुटबललाई दिगो बनाउनु रहेको वताउँदै भने– “फिफा र एफसीको नियम अनुसारनै एन्फाले ‘ग्रास रुट लेभल’ को फुटबल मार्फत खेलाडी उत्पादन गर्ने कार्यक्रम अघि सारेका छौं । भविष्यमा यसले नेपाली फ्ुटबललाई माथी उठाउने छ ।”

उनले आफूलाई प्राप्त बलहरु कास्की जिल्ला फुटबल संघद्वारा संचालित एन्फा एकेडेमी र हेमजा स्थित विष्णु पादुका फुटबल एकेडेमीलाई समेत प्रदान गरे । एन्फा उपाध्यक्ष थापाले करिब १५ थान बलहरु तीन वटा एकेडेमीलाई प्रदान गरेका हुन ।


प्रतिक्रिया दिनुहोस

Loading...