साविक विजेता बंगलादेशसँग हार्दै नेपाल समूह उपविजेता

काठमाडौं (खेलदैनिक) । साफ यु–१५ महिला च्याम्पियनसिपतर्फ समूह चरणको अन्तिम खेलमा नेपाल साविक विजेता बंगलादेशसँग पराजित हुन पुगेको छ । आइतबार चाङलिमिथाङ स्टेडियममा सम्पन्न समूह बी तर्फको अन्तिम खेलमा नेपाल ३–० ले पराजित हुन पुगेको हो ।

पछिल्लो खेलमा भन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले साविक विजेतामाथि खासै दबाब बनाउन भने सकेन । बंगलादेशका लागि तोहुरा खातुन, मारिया मन्दा र सजेदा खातुनले एक–एक गोल गरीन् ।

यो नतिजासँग्रै समूह बी बाट बंगलादेश समूह विजेता बनेको छ भने नेपाल उपविजेता बनेको छ । नेपालले अब सेमिफाइनलमा बिहीबार समूह ए को बिजेता भारतको सामना गर्नेछ भने बंगलादेशले समूह ए को उपविजेता भुटानको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...