भारतसँग भुटानको सम्मानजनक हार

भारत (निलो) विरुद्ध बल अगाडी बढाउँदै भुटानका खेलाडी । (तस्विर : बीएफएफ)

काठमाडौं (खेलदैनिक) । गत संस्करणको उपविजेता समेत रहेको भारतले जारी साफ यु–१५ महिला च्याम्पियनसिपमा आयोजक भुटानमाथि झिनो अन्तरको जित हात पारेको छ ।

आइतबार थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा भारतले घरेलु टोलीमाथि १–० को झिनो अन्तरले जित हात पार्यो । पहिलो हाफमा भारतलाई कडा चुनौति दिंदै गोलरहित बराबरी खेलेको भूटानले दोस्रो हाफको शुरुवात मै गोल खान पुगेको थियो ।

भारतका लागि खेलको ५८ औं मिनटमा सिल्की देवीले एक मात्र निर्णायक गोल गरीन् । यो नतिजासँगै समूह ए बाट भारत समूह विजेता बनेको छ भने भुटान उपविजेता बनेको छ । यी दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...