स्वाफको सदस्यमा कर्मा छिरिङ शेर्पा निर्विरोध

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा साउथ वेस्ट एसिया फुटबल फेडरेशन (स्वाफ) को सदस्य पदमा निर्वाचित भएका छन् ।

आइतबार साउदी अरबको जेद्दाहमा सम्पन्न स्वाफको प्रथम साधारण सभाले शेर्पालाई निर्विरोध सदस्य पदमा निर्वाचित गरेको हो ।

त्यस्तै स्वाफको अध्यक्षमा डा. अदिल बिन मोहम्मद एज्जत निर्वाचित भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मोहम्मद साविद निर्वाचित भएका छन् भने उपाध्यक्षमा सुब्रता दत्ता र अब्दुल्ला अल जुनैबी निर्वाचित भएका छन् ।

दक्षिण तथा पश्चिम एसियाली देशहरु सम्मिलित स्वाफको सदस्यहरुमा महफुजा अख्तर (महिला), कर्मा छिरिङ शेर्पा, अशलिख अली खलिफा, फहाद अल हमलन रहेका छन् ।

स्वाफको सदस्य राष्ट्रहरुमा बहराईन, बंगलादेश, भुटान, भारत, नेपाल, इराक, कुवेत, माल्दिभ्स, ओमान, पाकिस्तान, साउदी अरब, श्रीलंका, युएई र यमन रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...