मैत्रीपूर्ण महिला फुटबलमा बिरगंजको शानदार जित

चितवन (खेलदैनिक) । चितवनको मेघौलीमा चितवन ११ र बिरगंज युथ एकेडेमी बिच सम्पन्न मैत्रीपूर्ण खेलमा बिरगंज युथ एकेडमीले जित हात पारेको छ । उक्त मैत्रीपूर्ण फुटबल खेलमा बिरगंजले चितवनलाइ ४–१ ले पराजित गरेको हो ।

खेलमा शुरुवाती अग्रता भने चितवनले लिएको थियो । खेलको छैटौ मिनेटमा सन्जु महतोले गोल गर्दै चितवनलाई शुरुवाती अग्रता दिलाएकी थिईन् । यद्यपि त्यो अग्रता चितवनले धेरैबेर जोगाउन सकेन । उता खेलको २२ औ मिनेटमा बिरगंजकी रोस्नी लिम्बुले बराबरी गोल फर्काइन ।

पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिए तापनि दोस्रो हाफमा बिरंगज थप हावी देखियो । दोस्रो हाफमा बिरगंजका लागि रोस्नी लिम्बूले नै थप दुइ गोल गर्दै ह्याट्रीक पूरा गरिन भने चौथो गोल कप्तान सपना बस्नेतले गर्दै टोलीको शानदार जित सुनिश्चित गरिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...