बंगलादेशमा हुने बंगबन्धु गोल्डकपको आयोजना मिति घोषणा

काठमाडौं (खेलदैनिक) । बंगलादेश फुटबल फेडरेशन (बीएफएफ) ले प्रतिष्ठित पाँचौं बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको आयोजना मिति घोषणा गरेको छ । जसअन्तरगत प्रतियोगिता आउँदो अक्टुबर १ देखि १२ तारीखसम्म आयोजना गरिने बीएफएफले जनाएको छ ।

बीएफएफका अनुसार प्रतियोगिताको खेलहरु ढाकास्थित बंगबन्धु नेशनल स्टेडियम र सिल्हेट डिस्ट्रिक्ट स्टेडियममा हुनेछ । समूह चरणका खेलहरु सिल्हेटमा हुनेछन् भने सेमिफाइनल र फाइनल भिडन्तहरु ढाकामा हुनेछ ।

बीएफएफका अनुसार प्रतियोगितामा कुल ६ टोलीहरुको सहभागिता रहनेछ । जसमध्ये नेपाल, फिलिपिन्स र प्यालेस्टाईनले आफ्नो सहभागिताबारे पुष्टी गरिसकेका छन् । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।


प्रतिक्रिया दिनुहोस

Loading...