श्रीलंकाको पोष्टमा भुटानको आधा दर्जन गोल

काठमाडौं (खेलदैनिक) । साफ यु–१५ महिला च्याम्पियनसिमा आयोजक भुटानले शानदार जित हात पार्दै आफ्नो सेमिफाइनल प्रवेशको सम्भावना पक्का गरेको छ ।

शनिबार थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न समूह ए तर्फको खेलमा भूटानले श्रीलंकामाथि ६–० को रवाफिलो जित हात पार्यो । भूटानको जितमा सोनम लम्होले ह्याट्रिक गरीन् । त्यस्तै याशी विद्याले दुई गरीन् भने डिकी याङदोनले एक गोल गरीन् ।

यो जितसँगै भूटान र भारत समूह ए बाट सेमिफाइनलमा प्रवेशको यात्रा पक्का भएको छ भने श्रीलंकाको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ । समूह चरणको अन्तिम खेलमा अब भूटानले सोमबार भारतको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...