यु–१५ महिला च्याम्यिनसिपमा नेपालको बिजयी शुरुवात

काठमाडौं (खेलदैनिक) । भुटानमा जारी साफ यु–१५ महिला च्याम्यिनसिपतर्फ नेपालले आफ्नो पहिलो खेलमा शनिबार सफलता हात पारेको छ । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न समूह बी तर्फको खेलमा नेपालले पाकिस्तानमाथि ४–० को जित हात पार्यो ।

नेपालको जितमा सबिता राना मगरले दुई गोल गरिन् भने अनुष्का शेर्पा र रजनी थोकरले एक–एक गोल गरे । खेलमा नेपालकी कप्तान प्रिती राई क्वीन अफ द म्याच घोषित भईन् ।

यो जितसँगै नेपाल र बंगलादेशले प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । उता लगातार दुई खेल हारेको पाकिस्तानको सेमिफाइनल प्रवेशको सम्भावना सकिएको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा सोमबार साविक विजेता बंगलादेशको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...