भेट्रान कपलाई एसियाको साथ

खुला भेट्रान कप फुटबल बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा हुन गईरहेको खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितालाई एसियन इन्टरटेन्मेन्ट एन्ड जुना फिल्मस्ले मुख्य प्रायोजन गर्ने भएको छ ।

मुख्य प्रायोजन गरे वापत एसियाले आयोजकलाई १ लाख नगद उपलब्ध गराउने एसियाका प्रोप्राइटर दिनेश शाहीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

साउन २८ गतेदेखि चावहिलको गणेशथानमा हुने प्रतियोगितामा मोफसलका ५ सहित १२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी दिए ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई एसियाकै ब्यानरमा बनेको जय शम्भु फिल्मको ४ वटा टिकट प्रदान गरिने छ । उक्त फिल्म भदौ १ गतेदेखि प्रदर्शनमा आउने निर्माता दिनेश शाहीले बताए ।

भेट्रान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले टिम दर्ता शुल्क निःशुल्क गरिएको आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले बताए । नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल भदौ २ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...