क्यान्सर पिडित बालिकाको सहयोगार्थ च्यारिटी फुटबल सम्पन्न

मोरङ (खेलदैनिक) । मोरङको लेटाङ नगरपालिका वडा नं ९ कि दश वर्षिय बालिका मनिसा लिम्बूको उपचार सहयोगार्थ च्यारिटी फुटबल सम्पन्न भएको छ ।

विभिन्न सामाजिक संस्थाहरुले बालिकाको उपचारमा सहयोग संकलन गरिरहेको अवस्थामा फुटबल खेल मात्र नभएर यसले सामाजिक उत्तरदायित्व वहन गर्न सक्छ भन्ने सन्देश दिन स्थानीय सनराइज युनाइटेड क्लब र कमलपुर ग्यालरीद्वारा खेल आयोजना र सहयोग संकलन भएको हो ।

च्यारिटी फुटबलमा जर्मनी समर्थक, ब्राजिल समर्थक र अर्जेन्टिना समर्थक गरी कुल ३ टिमहरुबीच भएको मैत्रीपूर्ण खेलको उपाधि ब्राजिल समर्थकले जितेको छ । कमलपुर खेलमैदान, लेटाङ ३, मोरङमा सम्पन्न च्यारिटी फुटबल म्याचबाट २५ हजार आर्थिक संकलन भएको छ ।

उक्त च्यारिटी फुटबलबाट संकलित रकम क्यान्सर पिडित बालिका लिम्बुको परिवारलाई हस्तान्तरण गरिने आयोजकका अमित राईले जानकारी दिए । बालिकाको हाल भरतपुरमा उपचार भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...