रेष्टुरेन्टको टिप्स बक्सबाट उठेको रकम सहारा एकेडेमीलाई

पोखरा (खेलदैनिक) । पोखरा सभागृहचोकमा स्थित मुग्लान रेष्टुरेन्ट एण्ड बारले टिप्स बक्समा जम्मा भएको रकम सहारा एकेडेमीलाई प्रदान गरेको छ । आफ्नो ब्यवसाय संगै रेष्टुरेन्टले संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले टिप्स बक्समा जम्म भएको रकम एकेडेमीलाई प्रदान गरेको हो ।

अधिकांश होटल तथा रेष्टुरेन्टहरुमा ग्राहकहरुद्वारा राखिने टिप्स बक्समा जम्मा भएका रकम प्राय संचालकहरुले नै राख्छन वा कामदारहरुले बाँडेर लिने चलन हुन्छ । तर मुग्लानले भने यसलाई सामाजिक उत्तरदायित्व बहनका लागि प्रदान गरेको हो ।

अष्ट्रेलियाको सिडनीमा दुई र पोखरामा एक गरि मुग्लानले तिन वटा चेन रेष्टुरेन्ट संचालन गरिरहेको छ । मुग्लानमा आउने ग्राहकहरुले सेबाबाट खुसी हुँदै भ्याट र अतिरिक्त कर बाहेक टिप्स बक्समा खसालेको रकम सहारा एकेडेमीलाई प्रदान गरिएको मुग्लानका संचालक राजमान थकालीले बताए ।

“६ महिना देखि सुरु भएको रेष्टुरेन्टमा टिप्स बक्समा ५ हजार जम्मा भएको रहेछ हामी अहिले त्यही रकम दिंदैछौ”– उनले भने । उक्त रकम सहारा क्लबका अध्यक्ष केशब थापा, पूर्व अध्यक्ष बिक्रम थकाली लगाएतलाई हस्तान्तरण गरेका थिए ।

“सिडनीका रेष्ट्रेन्टमा जम्मा भएको रकम वार्षिक रुपमा हामी सोझै सहारा क्लबलाई दिन्छौ” थकालीले भने–“वार्षिक ३ लाख जति संकलन हुन्छ र त्यस मध्येबाट सहाराद्वारा संचालित आहा रारा फुटबलको दोश्रो पुरुस्कार राशी २ लाख ५१ हजार समेत त्यही रकम बाट दिदंै आएका छौं ।”

उनले सात वर्ष देखि लगातार सहयोग गर्दै आइरहेको समेत बताए । पोखरा सभागृहचोकको मिडटाउनमा करिब ६ महिना अघि देखि संचालनमा आएको मुग्लानमा ३६ जना रोजगारको अबसर समेत पाएका छन ।

सहारा क्लबद्वारा संचालित सहारा एकेडेमीले देशभरिका कठिन परिस्थितीका बालकहरुलाई राखेर अध्ययन संगै फुटबल प्रशिक्षणको ब्यवस्था गरिरहेको छ । रकम ग्रहण गर्दै सहाराका अध्यक्ष केशब थापाले मुग्लानबाट प्राप्त भएको रकम थोरै भए पनि यो एउटा उदाहरणीय कार्य भएका बताउँदै उनले भने– “मुग्लानले सबैलाई सहयोग गर्नु पर्छ भन्ने भावनालाई जागृत गराएको छ यसलाई हामी सलाम गर्छौ ।”

तस्बिरः शुर्दसन रंजित


प्रतिक्रिया दिनुहोस

Loading...