नेपाली यु–२३ टोली र थाइ प्रिमियर लिग क्लब टेरो पुलिस आज भिड्दै

काठमाडौं (खेलदैनिक) । वैदेशिक प्रशिक्षण र अभ्यासका लागि थाइल्याण्डमा रहेको नेपालको यु–२३ टोलीले आज थाई प्रिमियर लिग क्लब टेरो पुलिस एफसीसँग भिड्दैछ ।

थाइल्याण्डको राजधानी बैंककमा नेपाली समयअनुसार नेपालले ३:४५ बजे टेरो पुलिससँग मैत्रीपूर्ण म्याच खेल्ने कार्यक्रम रहेको छ । दश दिने थाइल्याण्ड भ्रमणका क्रममा नेपालले दुई अभ्यास खेल खेल्ने कार्यक्रम छ । जसअन्तरगत नेपालले दोस्रो अभ्यास खेल शुक्रबार थाइल्याण्डको यु–२३ टोलीसँग खेल्नेछ ।

थाइल्याण्ड भ्रमणपछि नेपाली टोली एसियन गेम्स (एसियाड) का लागि थाइल्याण्डबाट सिधै इण्डोनेसियातर्फ प्रस्थान गर्नेछ । एसियाडमा पुरुष फुटबलतर्फ नेपाल एसियन पावर हाउस जापान, भियतनाम र पाकिस्तानसँगै समूह डी मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...