रोहितले थाइल्याण्डमा दुई अभ्यास खेल खेल्नेमा आशंका

(तस्विर : इण्डोपोस)

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार मिडफिल्डर रोहित चन्दले थाइल्याण्डमा दुई मैत्रीपूर्ण अभ्यास खेल खेल्नेमा आशंका गरिएको छ । वैदेशिक अभ्यास र प्रशिक्षणका लागि नेपाली यु–२३ टोली तथा सिनियर राष्ट्रिय फुटबल टोली हाल थाइल्याण्डमा छ ।

नेपाली टोलीले टेरो पुलिस र थाइल्याण्डको यु–२३ टोलीसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ । यद्यपि इण्डोनेसियामा पसिर्जा जकार्ताबाट व्यवसायीक फुटबल खेलीरहेका चन्दलाई उनको क्लबले तत्काल रिलिज गर्न चाहँदैन ।

चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुुसार ती दुई मैत्रीपूर्ण खेल महत्वपूर्ण अन्तर्राष्ट्रिय भिडन्त नभएकाले रोहितको क्लबले उनलाई रिलिज गर्ने मनसायमा छ्रैन । यद्यपि रोहितले थाइल्याण्डको यु–२३ टोलीसँग हुने दोस्रो अभ्यास म्याचका लागि आफूलाई रिलिज गर्न क्लबका प्रशिक्षकसँग प्रयास गरिरहेका छन् ।

इण्डोनेसिया मै शुरु हुन गईरहेको एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेको नेपाली टोली हाल दश दिने अभ्यास तथा प्रशिक्षणका लागि थाइल्याण्डमा छ । एसियाडको पुरुष फुटबलतर्फ नेपाल एसियन पावर हाउस जापान, भियतनाम र पाकिस्तानसँगै समूह डी मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...