एसियाड तयारीका लागि थाइल्याण्ड जाने नेपाली फुटबल टोलीको बिदाई

काठमाडौं (खेलदैनिक) । एसियाली खेलकुद (एसियाड) को तयारीका लागि थाइल्याण्ड जान लागेको नेपाली यु–२३ फुटबल टोलीलाई शुक्रबार बिदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना गरेको कार्यक्रम खेलाडीहरुलाई एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका अन्य पदाधिकारीहरुले बिदाई गरे ।

दश दिने अभ्यास भ्रमणका क्रममा नेपाली टोलीले आफ्नो पहिलो अभ्यास खेल ७ अगस्तका दिन टेरो पुलिससँग खेल्नेछ भने १० तारीखका दिन थाइल्याण्डको यु–२३ टोलीसँग खेल्ने कार्यक्रम रहेको छ । नेपाली टोली थाइल्याण्डबाट सिधै इण्डोनेसियातर्फ प्रस्थान गर्नेछ ।

यहि अगस्त १४ तारीखदेखि इण्डोनेसियामा शुरु हुन गईरहेको एसियाडको पुरुष फुटबलतर्फ नेपाल जापान, भियतनाम र पाकिस्तानसँगै समूह डी मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...