नेपालले दुई मैत्रीपूर्ण अभ्यास म्याच खेल्ने पक्का

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको दुई मैत्रीपूर्ण फुटबल म्याचबारे पुष्टी गरेको छ । बैदेशिक प्रशिक्षण तथा अभ्यास खेलका लागि शुक्रबार थाइल्याण्डतर्फ प्रस्थान गर्न लागेको नेपाली टोलीले अगस्त ७ तारीख (श्रावण २२ गते मंगलबार) का दिन आफ्नो पहिलो अभ्यास खेल टेरो पुलिसविरुद्ध खेल्नेछ ।


त्यस्तै अगस्त १० तारीख (श्रावण २५ गते शुक्रबार) का दिन थाइल्याण्डको यु–२३ टोलीसँग दोस्रो मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ । थाइल्याण्ड बसाई पश्चात् नेपाली टोली उतैबाट सिधै एसियन गेम्सका लागि इण्डोनेसियातर्फ प्रस्थान गर्नेछ । एसियन गेम्सतर्फ नेपाल, एसियन पावर हाउस जापान, भियतनाम र पाकिस्तानँगै समूह डी मा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...