साविक विजेता वालिङलाई स्तब्ध पार्दै नवयुवा सेमिफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । साविक विजेता वालिङ नगरपालिकालाई हराउँदै नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल जारी १८ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा नवयुवाले वालिङलाई पेनाल्टी शुटआउटमा ६–५ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको होक ।

यसअघि कोटिहवास्थित पशुपति माविको खेलमैदानमा सम्पन्न नियमित समयतर्फको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । नियमित समयतर्फ वालिङका लागि विश्वास श्रेष्ठले गोल गरेका थिए भने नवयुवाका लागि रन्जित आलेले गोल गरेका थिए ।

बुधबारको खेलमा नवयुवाका शाइल राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको अन्तिम क्वाटरफाइनल खेल सियारी गाउँपालिका र श्रृजना युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...