साबित्राको ह्याट्रिकसँगै एपिएफलाई उपाधि

काठमाडौं (खेलदैनि) । प्रतियोगिताको शुरुवातबाटै शानदार प्रदर्शन गरेको सशस्त्र प्रहरीको एपिएफ क्लबले उपराष्ट्रपति महिल राष्ट्रिय लिगको उपाधि जित्न सफल भएको छ ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न निर्णायक भिडन्तमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।


एपिएफको जितमा राष्ट्रिय फरवार्ड साबित्रा भण्डारी एक्लैले ह्याट्रिक गरिन् । उता पराजित आर्मीका लागि पुनम जर्घाले एक मात्र सान्त्वना गोल फर्काईन् ।

विजेता बनेको एपिएफले उपाधिसहित नगद २ लाख हात पारेको छ भने उपविजेता बनेको आर्मीले एक लाखमा चित्त बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...