प्रहरी तालिम केन्द्र सेमिफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । पश्चिमाञ्चल प्रहरी तालिम केन्द्र, बुटवल जारी १८ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा प्रहरीले भैरव एफसी, नवलपरासीलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले सेमिफाइनल यात्रा पक्का गर्यो ।

कोटिहवास्थित पशुपति माविको खेलमैदानमा सम्पन्न खेलमा प्रहरीका लागि एक मात्र निर्णायक गोल धनीराम चौधरीले गरे । खेलमा निर्णायक गोल गरेका चौधरी खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तरगत बुधबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता वालिङ नगरपालिका र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार ठुटिपिपलबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...