पाँच नभई राष्ट्रिय टोलीको क्याम्पबाट अधिकांश खेलाडीहरु होस्टेल बाहिर निस्किएका थिए

काठमाडौं (खेलदैनिक) । ताजा खबरअनुसार नेपाली राष्ट्रिय फुटबल टोलीको क्याम्पबाट पाँच खेलाडी नभएर अधिकांश खेलाडी मदिरापान र डिस्कोका लागि गत शुक्रबार बाहिर निस्किएका थिए । यसबारे चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमलाई नजिकको स्रोतले बताएको छ ।

स्रोतका अनुसार बिमल घर्ती मगर, हेमन्त थापा मगर, अन्जन बिष्ट र छिरिङ गुरुङ त्यसदिन अबेर राती होस्टेल फर्किएका थिए र होस्टेल परिसरमा होहल्ला समेत गरेका थिए ।

त्यस्तै राष्ट्रिय टोली कै बन्द प्रशिक्षणमा रहेका मान बहादुर तामाङ, हेमन गुरुङ, बिकेश कुथु, बिराज महर्जनलगायतका केही खेलाडीहरु भने त्यो दिन होस्टेल बाहिर निस्किएका थिएनन् ।


एन्फाको एक निकट स्रोतका अनुुसार खेलाडीहरुले एकेडेमीलाई गेष्ट हाउसमा परिणत गरेको बताए । एन्फाको नेतृत्वमा हाल कर्मा छिरिङ शेर्पा नयाँ अध्यक्षका रुपमा रहेका छन् । उनले खेलाडीहरुलाई अनुशासनमा राख्न र नेपाली फुटबलको गतिविधिलाई निष्पक्ष बनाउन कडा कदम चाल्नुपर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...