डिफेन्डिङ च्याम्पियन वालिङ क्वाटरफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन वालिङ नगरपालिका, स्याङ्जा जारी १८ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कोटिहवास्थित पशुपति मा.वि. को खेलमैदानमा शुक्रबार सम्पन्न खेलमा वालिङले भरतपुर एफसी, चितवनलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो । वालिङको जितमा अजयी मार्टिन्सले एक मात्र निर्णायक गोल गरे ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका भरतपुरका गोलरक्षक मनोज गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शनिबारको खेल श्रृजना युवा क्लब, करौजिया र दादर एफसी, मुम्बईबीच हुने आयोजकले जनाएको छ ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५ कोटिहवाको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, नवलपरासी, चितवन, दाङ, स्याङजा र एक भारतीय टोली गरी कुल १६ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि २५–२५ हजार रुपैया प्रदान गरिने आयोजक क्लबका अध्यक्ष तिर्थ मल्लले जानकारी दिए साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको अध्यक्ष मल्लले बताए । प्रतियोगिताको फाइनल खेल यहि श्रावण २१ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...