नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्ड जाने पक्का

काठमाडौं (खेलदैनिक) । एसियाली खेलकुद (एसियाड) र साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली यु–२३ तथा राष्ट्रिय फुटबल टिम दश दिने थाइल्याण्ड भ्रमणमा जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको थाइल्याण्ड भ्रमणबारे पुष्टी समेत गरेको छ ।

मुख्य प्रशिक्षक ग्योतुकु कोजीले थाइल्याण्ड जाने २९ सदस्यीय टोलीको घोषणा समेत गरेका छन् । नेपाली टोली यहि श्रावण १८ गते थाइल्याण्डतर्फ प्रस्थान गर्नेछन् । यद्यपि एन्फाले नेपाली टोलीले थाइल्याण्डमा खेल्ने मैत्रीपूर्ण खेलका प्रतिद्वन्द्वीहरुबारे केही खुलाएको छैन ।

यहि १४ अगस्तदेखि १ सेप्टेम्बरसम्म इण्डोनेसियाले एसियाडको आयोजना गर्दैछ भने आउँदो सेप्टेम्बर ४ देखि १५ तारीखसम्म बंगलादेशले साफ च्याम्पियनसिपको आयोजना गर्दैछ ।

एसियाडमा नेपाल समूह डी तर्फ एसियन पावर हाउस, जापान, भियतनाम र पाकिस्तानसँगै रहेको छ भने साफ च्याम्पियनसिपतर्फ नेपाल आयोजक बंगलादेश, भूटान र पाकिस्तानसहित समूह ए मा रहेको छ ।

नेपाली टोली यसप्रकार छन्

अभिषेक रिजाल, आदित्य चौधरी, एलन न्यौपाने, अनन्त तामाङ, अन्जन बिष्ट, भरत खवास, बिकेश कुथु, बिमल घर्ती मगर, बिराज महर्जन, बिशाल राई, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकी, हेमन गुरुङ, जर्ज प्रिन्स कार्की, हेमन्त थापा मगर, कमल श्रेष्ठ, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, रबिन श्रेष्ठ, रोहित चन्द, सन्तोष तामाङ, सोजित गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ


प्रतिक्रिया दिनुहोस

Loading...