नेपालको यु–१५ टोलीविरुद्ध भुटानको यु–१५ टोलीको दर्जनौ गोल

नेपालका लागि (रातो जर्सी) बल अगाडी बढाउँदै । (तस्विर : भुटान एफए)

काठमाडौं (खेलदैनिक) । मैत्रीपूर्ण फुटबल खेलका लागि भुटानमा रहेको नेपालको ग्रासरुट्स फुटसल एकेडेमीको यु–१५ टोलीले भुटान एफएको यु–१५ टोलीसँग दर्जनौं गोल खाएको छ ।

भुटानको राजधानी थिम्पुमा भएको उक्त मैत्रीपूर्ण खेलमा भूटानी टोलीले नेपाली टोलीलाई १२–० को फराकिलो अन्तरले हरायो ।

ग्रासरुट्स फुटसल एकेडेमी खेलाडीहरुको एक्सपोजरका लागि हाल भुटान भ्रमणमा रहेको छ । नेपाली यु–१५टोलीका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यष उपेन्द्रमान सिंह पनि भुटानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...