आर्मी र रौतहटको बिजयी शुरुवात

काठमाडौं (खेलदैनिक) । सोमबारदेखि शुरु उपराष्ट्रपति महिला राष्ट्रिय लिगमा विभागीय टोली नेपाल आर्मी क्लब र रौतहटले बिजयी शुरुवात गरेका छन् ।

प्रतियोगिता अन्तरगत एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न उदघाटन खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो । आर्मीको जितमा खेलको ८१ औं मिनटमा शर्मिला थापाले एक मात्र निर्णायक गोल गरीन्् । निर्णायक गोल गरेकी आर्मीकी शर्मिला क्वीन अफ द म्याच समेत घोषित भईन् ।

त्यस्तै दोस्रो खेलमा रौतहटले काठमाडौंलाई ४–० ले हरायो । रौतहटको जितमा रश्मी कुमारी घिसिङले ५०, ५६, ५९ औं मिनटमा लगातार तीन गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक गरीन् । रश्मी खेलको क्वीन अफ द म्याच समेत घोषित भईन् । त्यसैगरी मनिषा राउतले खेलको ६८ औं मिनटमा थप एक गोल गर्दै रौतहटको शानदार जित सुनिश्चित गरिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा तीन विभागीय टोली तथा रौतहट र काठमाडौं गरी कुल पाँच टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...