उपराष्ट्रपति महिला राष्ट्रिय लिग आजदेखि

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि उपराष्ट्रपति महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुँदैछ ।

प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसहित काठमाडौं जिल्ला फुटबल संघ र रौतहट जिल्ला फुटबल संघको टोलीले सहभागिता जनाउँदैछन् ।

प्रतियोगिताको उदघा्टन खेलमा आज दिनको १ बजे नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ भने दोस्रो खेल अन्तरगत ३:३० बजे रौतहट र काठमाडौं आमने सामने हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...