काठमाडौं (खेलदैनिक) । जिल्ला खेलकुद विकास समिति काठमाडौंद्धारा आयोजित अन्तर संस्था स्तरीय सेभन ए साइड फुटबल प्रतियोगीतामा चट्टान वचत तथा सहकारी लिमिटेड सेमिफाइनल प्रवेश गरेको छ ।

अन्तर संस्था सेभेन ए साइड फुटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।
मंगलबार सम्पन्न खेलमा चट्टान सहकारीले काठमाडौ जिल्ला खेलकुद विकास समितिलाई ४ का विरुद्ध ६ गोलले पराजित गरेको हो । चट्टानका लागि विनोद पुडाशैनी र हरी महर्जनले समान २–२ गोल गरेका थिए भने सिताराम थापा र पासाङ्ग शेर्पाले १–१ गोल गरेका थिए ।
जिल्ला खेलकुद विकास समितिको तर्फबाट बद्री भट्टराई २ तथा धुव्रराज न्यौपाने र राजिव
श्रेष्ठले १–१ गोल गरेका थिए ।
प्रतियोगीता अन्र्तगत बुधाबार काठमाडौं जिल्ला खेलकुद विकास समिति बि टिम र गोकर्णेश्वर नगरपालिका तथा नेपाल हिमालयन सीमापार वाणिज्य संघ र गजराज जोशी ट्रष्ट विच हुने छ ।