ऐतिहासिक उपलब्धी नजिक छन् बिराज

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा डिफेन्डर बिराज महर्जन नेपाली फुटबलको एक ऐतिहासिक उपलब्धी नजिक पुगेका छन् । राष्ट्रिय फुटबल टोलीका लागि बिराजले हालसम्म ६८ क्याप खेलिसकेका छन् ।

साथै उनले यससँगै नेपालका लागि सर्वाधिक क्याप जितेका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको किर्तिमान बराबरी गरिसकेका छन् । अब बिराजले एक खेल थप खेले उनी नेपालका लागि सर्वाधिक म्याच खेल्ने खेलाडी बन्ने छन् ।

साथै बिराजको यो उपलब्धी हासिल गर्ने सपना छिटै पूरा हुने सम्भावना छ । ४ देखि १५ तारीखसम्म बंगलादेशमा प्रतिष्ठित साफ च्याम्पियनसिप शुरु हुँदैछ । त्यसैले पनि यो ऐतिहासिक उपलब्धी हासिल गर्न नजिक पुगिसकेका छन् बिराज ।


प्रतिक्रिया दिनुहोस

Loading...