अन्तर संस्था सेभेन ए साइड फुटबल शनिबारदेखि

काठमाडौं (खेलदैनिक) । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार देखी अन्तर संस्था स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगीता कपन स्थित ह्याण्डबल खेल मैदानमा सुरु हुने भएको छ । 

प्रतियोगीतामा काठमाडौं जिल्ला भित्रका २० टिमहरु सहभागी भएको प्रतियोगीताका संयोजक एवम् जिखेविस काठमाडौं उपाध्यक्ष दामोदर भट्टराई (बद्री) ले जानकारी दिए ।

प्रतियोगीतामा जिल्ला खेलकुद विकास समिति ए, चट्टान सहकारी सप्तदेव सहकारी, साइपल एकेडेमी, पुष्पलाल मा.वि., महानगरीय प्रहरी प्रभाग कपन, टि.आइ.ए.कलेज, गणेश मा.वि., पत्रकार ११, हिमालय सीमापार वाणिज्य संघ ,बुढानिलकण्ठ नगरपालिका, सार : सहकारी, गंगाहिटी टोल सुधार समिति, होप फाउण्डेशन नेपाल, जिल्ला खेलकुद विकास समिति बि, गोकर्णेश्वर खेलकुद विकास समिति इन्साइट भिजन स्कु्ल लगायतका टिमहरु सहभागी छन ।

प्रतियोगीताको विजेताले ३११३१ तथा उपविजेताले १६६१६ रुपैया सहित पुरस्कार प्राप्त गर्ने संयोजक भट्टराईले बताएका छन । प्रतियोगीता श्रावण ५ गते सम्म सञ्चालन हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...