लिस्नु कप श्रावण पहिलो सातादेखि, विजेतालाई ३ लाख

तिलोत्तमा (खेलदैनिक) । रुपन्देही जिल्ला कै पुरानो मध्ये एक १८ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिता यहि श्रावण ५ गतेदेखि पशुपति माविको खेल मैदानमा शुरु हुने भएको छ ।

लिस्नु युवा क्लब, कोटिहवाको आयोजनामा प्रत्येक बर्ष आयोजना हुँदै आईरहेको प्रतियोगितामा यसपटक पुरस्कार राशी पनि बृद्धि गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दियो ।

गत संस्करणको विजेतालाई उपाधिसहित नगद २ लाख पुरस्कारको व्यवस्था गरिएको थियो । यसपटक सो पुरस्कार रकम बढाएर ३ लाख पुराइएको छ । त्यस्तै प्रतियोगिताको उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । सेमिफाइनलमा पराजित दुई टोलीले समान २५–२५ हजार हात पार्नेछन् ।

साथै प्रत्येक खेलको म्यान अफ द म्याच र व्यक्तिगत विद्यागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष तिर्थ मल्ले जानकारी दिए । प्रतियोगिता अवलोकन गर्न आउने दर्शकहरुले सशुल्क मात्र प्रवेश गर्न पाउनेछन् । त्यसैगरी प्रतियोगितामा महिला तथा अपाङ्गहरुलाई भने प्रवेश निःशुल्क गरिएको समेत अध्यक्ष मल्लले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...