एन्फा अध्यक्ष शेर्पा भन्छन् “फुटबल विकासको रोडम्याप तयार पार्दैछौं”

पोखरा (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालमा फुटबल बिकासका लागि रोडम्याप तयार गरिरहेको बताएका छन । सहारा क्लब पोखरा र सहारा युकेका प्रतिनिधीहरुसंगको भेटघाटमा अध्यक्ष शेर्पाले सो कुरा बताएको हुन ।

सो अबसरमा अध्यक्ष शेर्पाले एन्फाले नेपालमा अब तिब्र गतिका साथ फुटबल बिकासका लागि काम गर्ने भएकाले नितीगत रुपमा अगाडी बढाउन रोडम्याप तयार गर्न लागेको बताए ।

नेपालका ७७ वटै जिल्लामा तल्लो तहबाट नै फुटबल बिकासका लागि आधारशिलाहरु स्थापित गर्दै ७ वटै प्रदेशमा कम्तिमा पनि दुइ वटा प्रशिक्षण केन्द्रहरु स्थापना गर्न सोच समेत रहेको अध्यक्ष शेर्पाले बताए । सो अवसरमा एन्फा उपाध्यक्ष कृष्ण थापाले प्राविधिक पक्षको बारेमा आफ्नो भनाइ राखेका थिए ।

सो भेटघाट कार्यक्रममा सहारा यूकेका पूर्ब अध्यक्ष दिलिप गुरुङ, सहारा क्लबका पूर्व सल्लाहकार तथा एनआरएन यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, सहारा यूकेका सल्लहाकार लालकाजी गुरुङ, सहारा क्लबका पूर्ब अध्यक्षद्वय बिक्रम थकाली, केशब ब.थापा र एन्फा पदाधिकारीको पनि उपस्थिति थियो ।

सहारा यूकेका प्रतिनिधी मण्डलले सो अबसरमा अध्यक्ष शेर्पालाई खादा र मायाको चिनो अपर्ण गरि बधाइ दिंदै कार्यकाल सफलताको कामना गरेका थिए । सो अबसरमा उनीहरुले नेपाली टिम बेलायतमा प्रशिक्षण गर्न आएको बेला सहयोग गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...