श्री नेपाल राष्ट्रिय नमूनालाई एन्फा कपको उपाधि

बर्दिया (खेलदैनिक) । एन्फा कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि श्री नेपाल राष्ट्रिय नमूना मा.वि., मधुवन–४, ढोढरीले जितेको छ ।

आइतबार मधुवन–८ स्थित स्थानीय खेलमैदानमा सम्पन्न फाइनल खेलमा नेपाल राष्ट्रिय नमुनाले श्री अंशुबर्मा मा.वि., बारबर्दिया–६ जयनगरलाई शून्यकाविरुद्ध ५ गोलको फराकिलो अन्तरले हरायो । यसअघि फाइनल २२ गते खेलाइने भनिए तापनि बर्षाका कारण सो फाइनल मिति २४ गतेका लागि सारिएको थियो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई मधुवन नगरपालिकाका मेयरले एक कार्यक्रमकाबीच पुरस्कृत गरेका थिए । बर्दिया जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाका कुल १६ बिद्यालयहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...