राष्ट्रिय यु–१९ फुटबलर रोमन लिम्बु बने बर्ष खेलाडी

काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय यु–१९ फुटबल टोलीका भरपर्दा डिफेन्डर रोमन लिम्बु धरान उपमहानगरपालिकाको बर्ष खेलाडी घोषित भएका छन् । लिम्बुले राष्ट्रिय यु–१९ टोली र धरान एफसीका लागि पुराएको योगदान स्वरुप उनी बर्ष खेलाडी घोषित भएका हुन् ।

बर्ष खेलाडी घोषित भएका लिम्बुले आइतबार एक सम्मान कार्यक्रमकाबीच नगद एक लाख प्राप्त गरे । सो कार्यक्रम धरान उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...