सैनिक आवासीयलाई एन्फा कपको उपाधि

चितवन (खेलदैनिक) । चितवनमा सम्पन्न एन्फा कप छात्र फुटबल प्रतियोगिता २०७५ को उपाधि सैनिक आवासीय मा.वि.ले जित्न सफल भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा सैनिकले वाल्मिकी स्कुललाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

प्रतियोगिताको विजेता र उपविजेता खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी र चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की लगायतका अतिथीहरुले एक कार्यक्रमका बीच पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...