साफ महिला च्याम्पियनसिप श्रीलंकामा हुने पक्का

काठमाडौं (खेलदैनिक) । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता श्रीलंकामा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पुष्टी गरेको छ । प्रतियोगिता श्रीलंकाको ठूलो र प्रतिष्ठित शहर कोलम्बोमा आउँदा डिसेम्बर १७ देखि २६ तारीखसम्म हुनेछ ।

भारत प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पियन हो । यसपटक नेपाली महिला फुटबल टोलीको प्रशिक्षकीय जिम्मेवारी पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान हरि खड्कामाथि छ । प्रतियोगितामा थुप्रै पटक फाइनलमा पुगेर पनि नेपालले अहिलेसम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...