आर्मी र बीबीसी उपाधिका लागि भिड्दै

काठमाडौं (खेलदैनिक) । तेस्रो ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपको फाइनलमा आज डिफेन्डिङ्ग च्याम्पियन नेपाल आर्मी क्लब र बिग्रेड ब्वाईज क्लब (बीबीसी) भिड्दै छन् ।

प्रतियोगितामा अपराजित रहेको आर्मी उपाधिको दावेदार मानिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने आजको फाइनल भिडन्तमा बीबीसीले पनि आर्मीलाई बलियो चुनौति दिने अनुमान छ । फाइनल प्रवेश गर्ने क्रममा आर्मीले मोरङ्ग एफसीलाई पराजित गरेको थियो भने बीबीसीले फ्रेण्डस् क्लबको चुनौती समाप्त पारेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

कति होला आजको नतिजा ? आर्मीले उपाधि जोगाउला त ? बीबीसीले आर्मीलाई स्तब्ध पार्ने हो कि ? कुन टोलीलाई समर्थन गर्दै हुनुहुन्छ ?


प्रतिक्रिया दिनुहोस

Loading...