काठमाडौं (खेलदैनिक) । नेपालको मुगु जिल्लाबाट स्पेनमा शुरु डोनोस्टी कपमा सहभागी हुन त्यता पुगेको महिला टोली टिम राराले आफ्नो पहिलो खेलमा पराजय बेहोरेको छ ।
सोमबार सम्पन्न पहिलो खेलमा राराले स्पेनीस टोली अमारा बेर्री केईसँग ३–० ले पराजित हुन पुगेको हो । नेपाली टोलीकी प्रशिक्षक भगवती राना मगरले आफ्नो टोलीको प्रदर्शनबाट खुशी व्यक्त गरिन् । साथै उनले आगामी खेलमा राम्रो प्रदर्शन गर्दै बताईन ।