साविक विजेता आर्मी सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । साविक विजेता नेपाल आर्मी क्लब तेस्रो ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेश गर्ने क्रममा सोमबार आर्मीले हिमालयन शेर्पा क्लबलाई शून्यकाविरुद्ध ३ गोलले हरायो । खेलमा आर्मीका सेसेहाङ आङदेम्बे म्यान अफ द म्याच घोषित भए । सेमिफाइनलमा अब आर्मीले मोरङ एफसीको सामना गर्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल यहि असार २१ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...