फिफा विश्वकप हेर्न कास्की एन्फा टोली रसिया जाँदै

पोखरा (एजेन्सी) । रसियामा जारी फिफा विश्वकप २०१८ हेर्न कास्की फुटबल संघ (एन्फा) को टोली बिहिबार पोखराबाट त्यसतर्फ प्रस्थान गरेको छ ।

रसिया जाने टोलीमा कास्की एन्फाका अध्यक्ष मिलन गुरुङ सहित १० दश जना रहेका छन । नेपाल खेलकुद पत्रकार मंच कास्की जिल्लाका सदस्य सुरज श्रेष्ठ र पूर्व अध्यक्ष बिनोद लामिछाने पनि रसिया जाने टोलीमा रहेका छन । त्यसैगरि टोलीमा एन्फा कास्कीका उपाध्यक्ष विश्व तण्डुकार, महासचिब रमेश कार्की र सदस्य शुवाष गुरुङ तथा अन्य फुटबल प्रेमीहरुमा काशी बसेल, प्रकाश गुरुङ, हिमाल गुरुङ, गम बहादुर गुरुङ र सक्षम श्रेष्ठ रहेका छन ।

विश्वकप हेर्न पहिलो पटक आधिकारिक रुपमा जान लागेको टोलीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक, एन्फा कास्कीका उपाध्यक्ष इश्वर गुरुङ (चन्द्र), एन्फा कास्कीका सदस्य नर गुरुङ र नरेश गुरुङले एक कार्यक्रमका बीच बिदाइ गरेका थिए ।

केन्द्रिय एन्फामा नयाँ नेतृत्व परिवर्तन भए संगै फुटबलको महाकुम्भ हेर्ने यस्तो अबसर पहिलो पटक प्राप्त भएको कास्की एन्फाका अध्यक्ष मिलनले बताए । यो अबसरले कास्कीमा फुटबल बिकासमा लाग्नेहरुका लागि ठूलो हौसला समेत मिलेको उनले बताए । कास्की एन्फाको टोली शुक्रबार काठमाडौ, दोहा हुँदै मस्को पुग्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी कास्की जिल्ला फुटबल संघको अयोजनामा जारी एन्फा कपमा छात्र–छात्रा विद्यालय स्तरीय फुटबल प्रतियोगितामा पहिलो चरणको खेल समाप्तीसँगै विद्यालयमा परीक्षा हुने कारण देखाई प्रतियोगिता २८ गतेबाट पुनः संचालन हुने आयोजकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...