एसियाडका लागि यु–२३ नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इण्डोनेशियामा हुन गईरहेको प्रतिष्ठित एसियाली खेलकुद (एसियाड) का लागि यु–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । टोलीका मुख्य प्रशिक्षक ग्योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जनले २० सदस्यीय नेपाली यु–२३ टोली घोषणा गरेको हो ।


टोलीमा तीन सिनियर खेलाडी समेत सहभागी गराउन सकिने प्रावधान छ । इण्डोनेशियामा यहि आउँदो अगस्त १४ तारीदेखि एसियाड शुरु हुँदैछ ।

घोषित यु–२३ नेपाली टोली :

गोलकिपर : किरण चेम्जोङ, एलन न्यौपाने, सोजित गुरुङ

डिफेन्डर : अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ्ग

मिडफिल्डर : रोहित चन्द, हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जन बिष्ट, अभिषेक रिजाल, तेज तामाङ

फरवार्ड : भरत खवास, सुमन लामा, बिमल घर्ती मगर, सुनिल बल


प्रतिक्रिया दिनुहोस

Loading...