मोरङसँग पुलिस पराजित, बीबीसी र जावलाखेलले अंक बाडे

काठमाडौं (खेलदैनिक) । जारी ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपमा मोरङले आइतबार विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै बिजयी शुरुवात गरेको छ ।

बिजयी शुरुवात गर्ने क्रममा समूह बी तर्फको पहिलो खेलमा मोरङले पुलिसलाई शून्यकाविरुद्ध १ गोलले निराश तुल्यो । मोरङको जितमो खेलको ३९ औं मिनटमा मनिष थापाले एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै समूह बी तर्फ कै अर्को खेलमा बिग्रेड ब्वाईज क्लब (बीबीसी) ले जावलाखेल युथ क्लबसँग २–२ गोलको बराबरी खेलेको छ ।


अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा कुल १८ टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल यहि असार २१ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...