किरण फेरि माल्दिभियन क्लब टिसी स्पोर्टस्मा आवद्ध

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलरक्षक किरण चेम्जोङले माल्दिभियन क्लब टिसी स्पोर्टस्सँग थप एक सिजनका लागि नयाँ सम्झौताका गरेका छन् । नेपाली फुटबल साईट गोलनेपालका अनुसार टिसी स्पोर्टस्का प्रशिक्षक मोहमद निजामले किरणको अनुबन्धबारे पुष्टी गरेका छन् ।

गत सिजन पनि टिसी स्पोर्टस् मै आवद्ध रहेका किरणले सिजनको बीचैमा क्लब छाडेर भारतीय आइ लिग क्लब मिनर्वा पञ्जाबमा आवद्ध भएका थिए । टिसी स्पोर्टस्ले किरणको अनुबन्धबारे पुष्टी गरे तापनि थप सम्झौताबारे भने केही खुलाएको छैन ।


त्यस्तै टिसी स्पोर्टस्ले यसै सिजन माल्दिभ्सका चर्चित फरवार्ड अलि अश्फाकलाई पनि अनुबन्ध गरेको छ । माल्दिभ्समा नयाँ सिजन छिटै शुरु हुँदैछ र किरण त्यसतर्फ छिटै प्रस्थान गर्ने समेत बताइएको छ । टिसी स्पोर्टस्ले धिवेही प्रिमियर लिगतर्फ आफ्नो पहिलो खेल अर्को शुक्रबार निलन्धु एफसीसँग खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...