हेटौडा फुटबल एकेडेमीलाई गोलनेपालको सहयोग

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलको विकासमा लागि परेको बिबा पब्लिकेशन्सको मतहतमा रहेको गोलनेपाल फाउण्डेशनले हेटौडा फुटबल एकेडेमीलाई आवश्यक खेलकुद सामाग्री सहयोग गरेको छ ।

गोर्खा ब्वायज हङ्गकङ्गको विशेष सहयोगमा फाउण्डेशनले २० थान जर्सी, २० थान मोजा र १० वटा इण्डस्ट्रक्टिबल फुटबल सहयोग हस्तान्तरण गरेको हो । उक्त खेल सामाग्री फाउण्डेशनका प्रमुख कार्यकारी बिक्रम थापाले एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भिम लामालाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका थिए ।

नेपाली युवा तथा महिला फुटबलको विकासमा फाउण्डेशनले निरन्तर सहयोग गर्दै आईरहेको छ । फाउण्डेशनका प्रमुख कार्यकारी थापाका अनुसार आफ्नो यो अभियानले नेपालका विभिन्न स्थानहरुका विशेष पहिचान बनाएको चर्चा गरे । साथै उनले यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

त्यस्तै उता हेटौडा फुटबल एकेडेमीका अध्यक्ष भिम लामाले गोलनेपाल र सहयोगीहरुलाई खुशी व्यक्त गर्दै धन्यवाद दिए । साथै उनले यस्ता सहयोगले आफूहरुलाई थप अगाडी बढ्न प्रोत्साहन मिलेको र आफूहरुले यस क्षेत्रबाट उत्कृष्ट खेलाडी उत्पादन गर्न थप मेहनत गर्ने बताए ।

त्यसैगरी गोर्खा ब्वायज हङ्गकङ्गकोतर्फबाट पूर्व राष्ट्रिय तिलक गुरुङले यस अभियानमा समावेश गरेकोमा गोलनेपाललाई धन्यवाद दिए । साथै यस्ता अभियानमा आफ्नो तर्फबाट आगामी दिनहरुमा पनि सहयोग जारी रहने समेत बताए ।

विशेष गरी नेपाली फुटबल गतिविधीमा सक्रिय बिबा पब्लिेकशन्सको मातहतमा चर्चित नेपाल फुटबल साईट गोलनेपाल डटकम र खेलदैनिक डटकम सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...